अस्पताल बाटै हामफालेर गरे युबकले आत्महत्या ।

0
450

काठमाडौं ,२१ भदौ ।  सोमबार राती शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत एक मिर्गौला पीडितले झ्यालबाट हामफालेर आत्महत्या गरेका छन् । दोलखाका १८ वर्षीय विजय खड्काले सोमबार राति अस्पतालको झ्यालबाट हामफालेर आत्महत्या गरेका हुन् । उपचाररत खड्काले गएराति बिरामी वार्डको तीन तला माथि झ्यालबाट जमिनमा हामफालेका थिए । गम्भीर घाइते बनेका खड्काको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।