विप्लव नेतृत्वले सरकारलाई ज्ञापन पत्र बुझायो ।

0
475

काठमाडौं, २१ भदौ ।  दाल, चामल लगायतका दैनिक उपभोग्य बस्तुमा ५० प्रतिशत मूल्य घटाउन माग गर्दै मंगलबार सरकारलाई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले ज्ञापनपत्र बुझाएको छ । प्रधानमन्त्री प्रचण्डलाई १० बुँदे ज्ञापनपत्र बुझाउन विप्लव माओवादीका नेताहरु सन्तोष बुढामगर, धर्मेन्द्र बास्तोला लगायत प्रधानमन्त्री कार्यालय गएका थिए ।यसैगरी किसानका सबै उत्पादन राज्यले खरिद गरी सिधै उपभोक्तासम्म पुर्‍याउने व्यवस्था गर्न, युवाहरुलाई रोजगारीको व्यवस्था गर्न, माथिल्लो कर्णाली र अरुण तेस्रोको पीडीए खारेज गर्न पनि माग गरिएको छ । ज्ञापनपत्र बुझेपछि प्रधानमन्त्री प्रचण्डले उनले आम जनताका माग समावेश ज्ञापनपत्रले आफूलाई काम गर्न सहयोग पुग्ने भन्दै माओवादीका नेताहरुलाई धन्यवाद दिनुभयो ।