काठमाडौं,२४ भदौ । यसबर्ष दशैंका लागि सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ यातायात व्यवस्था विभागले असोज १ गतेबाट खुला गर्ने प्रस्ताव गरेको छ । तर यातायात व्यवसायीहरुले भने यो मिति अस्वीकार गरेका छन् । गतवर्ष नाबकन्दीका कारण तेल आपूर्ति असहज भएपछि बुकिङ खोल्न ढिलाइ भएको थियो । यसवर्ष पनि दशैंका लागि सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुला गर्न ढिलाइ हुने आशंका बढेको छ ।यो वर्ष भने रुट पर्मिट विवाद देखिएको छ । सडक दुर्घटना बढेपछि सरकारले रुट पर्मिट नलिएका गाडीहरुलाई रोक्न थालेको छ । जिल्लाबाटै अस्थायी रुट पर्मिट दिने व्यवस्था गरेको छ । तर, व्यवसायीहरु भने नियम पूरा गरेर रुट पर्मिट लिनुको साटो दशैंको टिकट बुकिङमा बार्गेनिङ गरेर रुट पर्मिट नै नलिएर गाडी चलाउन माग गरिरहेका छन् ।