कार्यालयभित्रै दोहारो झडप हुँदा प्रशाशन प्रमुखको नाकमुख कच्याक कुचुक ।

0
332

 बिरगन्ज , २४ भदौ ।  बिरगन्ज उपमहानगरपालिका प्रशाशनकार्यालयका कर्मचारीहरुबीच दोहोरो झडप भएको छ। बिरगन्जका सम्बाददाता अशोक तिवारीका अनुसार कार्यालयको आन्तरीक तथा आर्थिक लेनदेन र कमिसनको बिषयमा कुरा नमिल्दा कार्यालयका प्रशाशन प्रमूख रामदयाल यादव र कार्यालय कार्यकारी प्रमुख बिष्णु प्रसाद कोईरालाबीच कार्यालय भित्रै हातपात भएको हो ।  हातपातबाट कोईरालाको नाक र मुख कच्याक कुचुक भएको छ भने यादव पनि गम्भिर घाईते भएका छन् । झडपमा दुबै तर्फकाले एक आपसमा हातखुट्टा प्रहार गरेका थिए । प्रशाशन प्रमूख यादव कार्यालयका लेखा प्रमूख हुदाँ देखिनै उनिहरुबिच आन्तरीक लेनदेनको बिबाद चुलिदै आएको थियो ।  उता कार्यकारी प्रमुख कोईरालाले भने सार्वजानिक तथा खरखजाना सम्बन्धि मुद्धा चलाउने भएका छन् । यसै क्रममा नगरपालीकाको नियमानुसार निजलाई निलम्बन गरिने कार्यालयले जनाएको छ । कार्यालयका ५ जना स्विपरहरुले काम नगरी हाजीरमात्र भएको र जागिर मात्र दिनुपरेको कुरासँगै बिबाद चर्किदा उक्त झडप भएको हो ।