काठमाण्डौ, २४ भदौ । काठमाडौंको धापासीमा रहेको ग्रान्डि अन्तर्राष्ट्रिय अस्पतालमा बेरियाट्रिक तथा मेटाबोलिक सर्जरी (मोटोपना नियन्त्रण गर्ने शल्यकृया) शुरु भएको छ । नेपालका अत्यन्त दक्ष तथा अनुभवि डाक्टरहरुको टिम रहेको यस अस्पतालले गत साउन ३० गते आइतवार पहिलो पटक बेरियाट्रिक सर्जरी सफलतापुर्वक सम्पन्न गरेसँगै यो सेवा शुरु गरेको हो । काठमाडौं, तरकेश्वर नगरपालिका बालाजु काभ्रेस्थलीकी बिन्दु पन्तको बेरीयाट्रिक सर्जरी गरी यो सेवा शुरु गरिएको अस्पतालले जनाएको छ । सर्जरीका लागी डा.राकेश साह नेतृवको टिममा,डा. नरेन्द्र महर्जन संलग्न रहनु भएको थियो भने एनेस्थेसिया बिभागवाट डा.मुरारीराज उप्रेति र डा.अर्चन अधिकारीले साथ दिनु भएको थियो । बिन्दु पन्तको बेरियाट्रिक सर्जरी गर्न चिकित्सकहरुको टोलीलाई दुई घण्टा समय लागेको डा. राकेश साहले जानकारी दिनुभएको छ । त्यसैगरी ग्रान्डि अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले यस किसिमका बिशिष्ट उपचार सेवा आगामी दिनमा पनि थप्दै लैजाने र स्वास्थ्य उपचारकालागि बिदेश जानुपर्ने बाध्यताबाट आम नेपालीलाई मुक्तगर्ने आफुहरुको प्रयास जारी राख्ने प्रतिवद्धता दोहोर्याउनु भएको छ । ग्राण्डि अन्तर्राष्ट्रिय अस्पतालमा पहिलोपटक बेरियाट्रिक सर्जरी गरएकी बिन्दु पन्तले अप्रेशन गर्नु अघि आफुलाई उच्च रक्तचाप, घुँडा दुख्ने, निन्द्रामा घुर्ने लगायत हिँडडुल गर्न समेत समस्या रहेको र उच्च रक्तचापको लागि पाँच बर्षदेखि औषधि सेवन गरीरहेको बताएकी थिईन । सर्जरीपछि आपूलाइ निकै राहत मिलेको र मोटोपनाका कारण शरिरमा देखिएका बिभिन्न समस्याहरु क्रमशः कम हुँदै गएको र राति निन्द्रामा घुर्ने समस्या पनि पूर्ण रुपमा हटेको बताएकी छन् भने उच्च रक्तचापको औषधिको समेत आवश्यकता नरहेको जानकारी गराएकी छन् । ग्रान्डि अस्पतालमा यो सेवा शुरु भएसँगै मोटोपना घटाउने बेरीयाट्रिक सर्जरीकालागि बिदेश गएर महँगो शुल्क तिर्नु पर्ने बाध्यताको अन्त्य भएको छ । देशमै उपलब्ध सेवाले आर्थिक भार समेत घटाएको छ । यो सर्जरीले मधुमेह,उच्चरक्तचाप, निन्द्रामा घुर्ने समस्या लगायतका बिभिन्न मेटाबोलिक रोगहरुका कारण उत्पन्न समस्याहरुको नियन्त्रणमा प्रभावकारी रहेको बताइएको छ । यस किसिमको मोटोपनालाई मोर्बिड ओविसिटि भनिने र यस किसिमको मोटोपना भएका हरुले बेरीयाट्रिक सर्जरी गरेपछि १०० जना मध्ये करिव ७५ जनाले उच्च रक्तचापको औषधि खानु नपर्ने डा। साहको भनाई छ । यदि मोटोपन सँगै मधुमेह पनि भएको खण्डमा १०० जनामा करिव ८५ जनाले यसको औषधि सेवन गर्नु नपर्ने उनको तर्क छ । यो सर्जरी दूरबिन ल्याप्रोरोस्कोप को सहायतामा गरिने भएकोले सोहिदिन बिरामी हिंडडुल गर्न सक्छन्।