भदौ २५ काठमाण्डौ । नेपाली कांग्रेसका युवा नेता भुपेन्द्र जङ शाहीले आफू पद भन्दा पनि परिवर्तनको पक्षमा रहेको बताएका छन।तरुण दलको अध्यक्षमा चर्चामा आएका शाहिले आफू पद लोलुप र पदको लागि मरिहत्ते गर्ने ब्यक्ति नभएको बताएका छन।
शाहीले आफ्ना लागि अध्यक्ष पद भन्दा तरुण दलको आमूल परिवर्तन महत्त्व पुर्ण रहेको स्पष्ट पारेका छन। तरुण दललाई बैचारिक धार बाट अगाडी बढाउन जरुरी रहेको उनको भनाई छ। तरुण दललाइ अब सकारात्मक , रचनात्मक र सृजनात्मक संगठन निर्माण गर्न आवश्यक छ।संगठनलाई गतिशील र युवाहरूलाई उधमशिल बनाउने आफ्नो उदेस्य रहेको युवा नेता शाहिले प्रस्ट्याएका छन।
पार्टीका बरिस्ठ नेता रामचन्द्र पौडेल निकट मानिएका भुपेन्द्र जङ शाहिले बिगतमा पार्टीको महाधिवेशनमा केन्द्रिय सदस्यको उम्मेदवारी अन्तिममा समयमा फिर्ता लिदै पौडेल समुहको लागि त्याग गरेका थिए । भर्खरै सम्पन्न नेबिसघको महाधिवेशनमा पनि केन्द्रिय अध्यक्षको प्रबल सम्भावना हुदा हुँदै पनि पद छाडेका थिए । दोस्रो संविधानसभामा कालिकोटबाट सभासद्को प्रत्यक्ष उम्मेदवार समेत भैसकेका नेबिसघका पुर्ब केन्द्रिय उपाध्यक्ष समेत रहेका शाहिले नैतिकताको आधारमा पद त्याग गरेका थिए।