काका जनतालाई २० किलो चामल होईन, आत्मनिर्भरता देऊ ।

0
888

प्रचण्डले मर्नेको घरमा र जन्मनेको घरमा २० किलो चामल दिने भए रे नि ? मलाई यौटा साथीले प्रस्न गर्नु भयो , मैले उत्तर के दिउ भनेर सोच्दै थिए , फेरि उहाले नै जवाफ लेख्नु भयो , प्रचण्ड गिरे भन्ने त लागेको थियो तर यती सम्म गीर्र्छन भन्ने चाही आज थाहा पाए । उहाको यो भनाइ टुंगे पछि मैले भने आफ्ना छोरा छोरीको रगतलाई बेच्न सक्ने मान्छे हुन् उनि १७ हजार सहिद लाई मूल्य लगाउने उनले यो काम गर्नुलाई त गर्व ठाने होलान , गरिब जनता लाई भिख बाड्ने महान प्रधानमन्त्री मै हुं भन्ने ठाने होलान , किन कि उनले त जनसेनाको नाममा आएको रकम समेत हिनामिना गरे ।shobha

उनैले जनतालाइृ भिख दिने योजना बनाए । तर उनलाई के थाहा जनता भिख लिदैनन , नेपाली जनता स्वाभिमानी छन् तिनलाई महान बनाउन जिबन बलि चढाएर सहिद बनेका देशका जनता हुन् जो प्रचण्ड भन्दा महान् छन्, तिम्रो २० किलो चामलमा आफ्नो स्वाभिमान कसरी बेच्थे, उनीहरु भिख होइन काका आत्मनिर्भरता चाहन्छन , आफ्नो पसिना बगाएर आफ्नो पेट पाल्न सक्छन उनीहरुलाई तिम्रो २० किलो चामल होइन पसिना बगाउने ठाउँ देउ , आफ्नो पौरख खान्छन, नागरीकलाई रोजगारी देउ जनतालाई तिम्रो भिख चाहिन्न उनीहरु त आफ्नो पसिना बगाउन चाहन्छन , आफुलाई मात्र होइन देशलाई पनि कर तिर्न चाहन्छन, तिमीले जस्तो आफ्नै नातिलाई जन्म दर्ता नगराउने होइन उनीहरु त आफ्ना सन्तानलाई ह्दयमा राख्ने गर्छन, त्यसैले होला तिमीले तिनलाई बुझ्न सकेनौ , उनको स्वाभिमानलाई तिम्ले कसरी चिन्नु , तिमि त हिजो जसलाई विस्तारबादी भन्थ्यौ आज उसैको तलुवा चाट्न तछाड मछाड गरि दौडदै छौ ,

हिजो तिमीलाई यहाँ सम्म ल्याउनेलाई बिर्सी आज टिका थाप्नेहरुलाई आफ्नो पछि लगाइरहेका छौ, यो तिम्रो रुपलाई हिजो चिनेनन ति सहिदले, आज तिमी प्रचण्ड बनि तिनै सहिदको अपमान गर्दै छौ, ति सहिदले तिमीलाई यहाँ सम्म ल्याएका आफ्नै बर्गको अपमान गर्न होइन, कसैलाई भिख दिन अगाडी तिमि आफु कति सक्षम छु भन्ने सोच्न पर्छ, जनता भिखारी होइनन प्रचण्ड उनीहरु देशका रक्षक हुन् तिम्रो २० किलो चामल होइन उनलाई स्वाभिमानमा बाच्न देउ ,जनताको हुन् पहिला चिन तिमीजस्तो पैसामा स्वाभिमान बेच्दैनन जनता, जनता ति हुन् तिमी जस्तो अरुको तलुवा चाट्न सक्दैनन् जनता, जनता यौटा मसाल हो जसले आगो लाउन सक्छ तर कसैलाई आफ्नो देश माथि गिद्दे नजर लगाउन दिन सक्दैन काका , तिमि जस्तो बिदेसीको सामु आत्मसर्मपण गर्दैनन् जनता त्यसैले त स्वाभिमान प्रदर्शन गरिरहेका छन् ।

देखेनौ १७ हजारले कसरी आफ्नो बलिदानी दिए, कसरि आफु सहिद बने झुकेनन कहिले कोहि सग बरु आफ्नो सिर चढाए, त्यसैले तिमि नसोच काका तिम्रो भिखले उनीहरु अघाउछन, फालेको रोटीले मेरो पेट भरिन्न, मागेको धोतीले मेरो लाज छोपिन्न, हो जनता यी हुन बुझ तिमी चाट तलुवा तिम्लाई बानी पर्यो अब तर जनतालाई तिमीले यो कहिले नसोच तिम्रो भिख स्विकारलान भनि ।
महान जनतालाई मेरो सलाम ।

शोभा गजुरेल
फ्रान्स