साउदीमा दुइ नेपालीको मृत्यु ।

0
322

काठमाण्डौ २६ भदौ । रोजगारीका लागि साउदी पुगेका नवलपरासीका दुई व्यक्तिको मृत्यु भएको छ ।

साढे दुई वर्षअघि रोजगारीका लागि गएका मध्यविन्दु नगरपालिका नवलपरासीका ४६ वर्षीय खुइतप्रसाद महतोको हृदयाघातका कारण मृत्यु भएको छ भने तीन महिनाअघि साउदी पुगेका कावासोती–९ का मीनप्रसाद अर्यालले विष सेवन गरेर आत्महत्या गरेको परिवारजनलाई उद्धृत गर्दै सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र, कावासोतीकी परामर्शदाता रञ्जना लम्सालले जानकारी दिनुभयो ।

यसैबीच वैदेशिक रोजगारीबारे यो हप्ता नवलपरासीबाट १८१ जनाले सेवा लिएका छन् । नवलपरासीको परासीमा रहेको सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रबाट नौ महिलासहित ७४ जनाले सेवा लिएका हुन् । सो क्रममा सातवटा केश दर्ता भएको केन्द्रकी परामर्शदाता विना चौधरीले जानकारी दिनुभयो ।