नेपाल आयल निगम लिमिटेडको खाना पकाउने ग्यास (एल.पी.ग्यास) प्रयोगकर्ताहरुलाई सुरक्षा सम्बन्धी अति आवश्यक जानकारी ।

0
874
एल.पी.ग्यास अत्यन्तै प्रज्वलनशिल पेट्रोलियम पदार्थ भएकाले यसको पर्याप्त सतर्कता र सावधानी अपनाउन जरुरी हुन्छ । यसैले खाना पकाउने ग्यासको चुहावटले दुर्घटनाबाट बच्न देहायका कुरामा बिशेष ध्यान पुर्याउन सम्पुर्ण उपभोक्ता बर्गमा नेपाल आयल निगम अनुरोध गर्दछ ।
दुर्घटनाबाट बच्ने उपायहरु :
१.सुलिण्डर ल्याउदा लैजांदा नगुडाऔं । भान्सामा सिलिण्डर सधैं ठाडो राखी प्रयोग गरौं । सुताएर, घोप्ट्याएर प्रयोग नगरौ ।
२. रेगुलेटर,रबर,पाइप,चुलो जस्ता उपकरणहरु गुणस्तर भएको मात्र प्रयोग गरौ । साथै हरेक दुई बर्षमा ग्यासको पाईप फेरौ । खाना पकाउंदा संधै झ्याल ढोका खुल्ला राखौं र सुतीको कपडा लगाएरमात्रै खाना पकाउने गरौं ।
३. काम सके पछि सधै रेगुलेटर बन्द गर्न नबिर्सौ ।
ग्यास चुहावट भएमा ध्यान दिनु पर्ने कुराहरु :
१. खाना पकाउने स्थानमा एल.पी.ग्यासको तिखो गन्ध आइरहेको छ भने ग्यास चुहिरहेको छ भन्ने बुभ्नु पर्दछ । ग्यास लिग भएमा पहिले रेगुलेटरको र पछि चुलोको नव बन्द गरौं ।
२. ग्यास हावा भन्दा गह्रौ हुने भएकाले तल भुईमा बस्छ,यस्तो अवस्थामा भ्याल ढोका सबै खुल्ला गरौं र आगोको झिल्का निस्कने बस्तुहरु जस्तैः ग्यास चुलो,सलाई,लाईटर,धुप आदि नबालौं । साथै बिजुली बत्ती लगायत कुनै पनि बस्तु नचलाऔं ।
३. ग्यास लिग भैरहेमा सिलिण्डरबाट रेगुलेटर छुटाई भल्वमा सेफ्टी क्याप लगाएर घर बाहिर खुल्ला ठाउंमा राखौं र छिटो भन्दा छिटो नजिकको ग्यास बिक्रेता वा सम्बन्धीत ग्यास उद्योगलाई खवर गरौं ।
सचेत र सावधान हुनु नै सुरक्षित हुनु हो । उपभोक्ताको हितमा नेपाल आयल निगम लिमिटेड ।oil
नेपाल आयल निगम लिमिटेड
केन्द्रिय कार्यालय बबरमहल
काठमाण्डौ
फोन नं.०१४२६२९७०,४२६३४८५