सर्वोच्चले माग्यो भाषा परिवर्तनको कारण ।

0
505

 काठमाडौं ,२६ भदौ ।  नेपाली भाषाको नियम परिवर्तनबारे  सर्वोच्च अदालतले परेको रिटमा कारण देखाउन आदेश जारी गरेको छ । न्ययाधीश जगदिश शर्मा पौडेलको इजलासले नेपाली वर्णविन्यास परिवर्तन गर्नुको कारण लिखित रुपमा पेश गर्न भनेको हो । नेपाली वर्णविन्यास परिवर्तन गर्ने निर्णय खारेजको माग गर्दै सर्वोच्चमा भदौ २४ गते रिट परेको थियो ।