स्रोत,एजेन्सी । बेला बखत बिभिन्न रोगका कारण मानिसमा महामारी फैलिएको कुरा सुनिनु त्यति नौलो मानिदैन । तर यँहा एउटा रोचक र अचम्मको घट्नाको बिषयमा एक जानकारी भेटिएको छ। कुरा मानिसहरुमा निद्राको महामारी फैलिएको सम्बन्धि हो । रामायणमा कुम्भकर्ण भन्ने पात्र वर्षमा ६ महिना सुत्ने र ६ महिना जागा हुने गरेको कथा छ । यस्तो ६ महिने सुताई वास्तवमा पत्यार लाग्ने कुरा होइन । तर यो कलियुगमा समेत विश्वमा यस्तो गाउँ छ जहाँ एक जना मात्र होइन सबैजना कुम्भकर्ण छन् । कजाकिस्तानमा एउटा यस्तो गाउँ छ, जहाँ पुग्ने बित्तिकै जो कोहीलाई निद्रा लागिहाल्छ । यस्तो निद्रा केही दिन, केही महिना मात्र होइन केही वर्षसम्मको समेत हुनसक्छ । पछिल्लो ६ वर्षदेखि गाउँमा यस्तो सुत्ने महामारी फैलिएको छ । सन् २०१० मा यो गाउँका मानिसहरु एकाएक गहिरो निद्रामा परे । मानिसहरुलाई जुनसुकै बेला तथा जुनसुकै ठाउँ र काममा भएको भएपनि एक्कासी निद्रा आउन थाल्यो । निदाएका मानिसहरु कति केही दिनमै ब्युँझे पनि कतिलाई ब्युँझिनका लागि महिना र वर्षदिन सम्म लाग्यो ।गाउँको त्यो रहस्यमय निद्राको कारण पत्ता लागेको छैन । सरकारले कारण पत्ता लगाउन नसकेर उल्टै गाउँलेहरुलाई गाउँ छाड्न अपिल गरेको छ । गाउँका ८ सय १० जना मानिसहरु मध्ये २ सय भन्दा बढिलाई निद्राको महामारीले समातिसकेको छ र यो संख्या अझै बढिरहेको छ ।कचाली नामक उक्त गाउँको रहस्यमय निद्राको कारण खोतल्न विभिन्न खाले अध्ययन नभएका होइनन् । कतिपय शोधकर्ताहरुले कार्वन मोनोअक्साइड ग्यासका कारण मानिसहरुमा यस्तो कुम्भकणर्णी निद्रा आएको दाबी गरेका छन् । गाउँको वायुमण्डलमा सामान्य भन्दा १० गुणा बढि कार्वन मोनोअक्साइड पाइएको छ र गाउँ नजिकै रहेको युरेनियम खानीबाट विषाक्त कार्वन मोनोअक्साइड ग्यास गाउँको वायुमण्डलमा आएको बताइएको छ । तर निद्राको खास कारण त्यो ग्यास नै हो भनेर ठोकुवा गर्न भने कसैले सकेको छैन ।