दुर्लभ वन्यजन्तु सालकको अध्ययन गर्न स्वीकृति ।

0
653

काभ्रे, २८ भदौ शिखर चिमोरीया। दुर्लभ स्तनधारी वन्यजन्तु सालकको अध्ययन तथा अनुसन्धान गर्न वन विभागले स्वीकृति दिएको छ ।

जिल्ला वन कार्यालय, धुलिखेल र प्राकृतिक सम्पदा नेपालले संयुक्तरुपमा सोमबार बनेपाको बुडोलमा गरेको समुदायमा आधारित दुर्लभ र सङ्कटापन्न कालो सालकसम्बन्धी अन्तरक्रियामा सो जानकारी दिइएको हो ।

काभ्रे जिल्लाको कटुवापाखा सामुदायिक वन र बाँसखर्क सामुदायिक वनमा दुर्लभ सालकको बासस्थान बढी भेटिएकाले ती क्षेत्रमा सालकको सूक्ष्म अध्ययन तथा अनुसन्धान गर्न स्वीकृति दिइएको जिल्ला वन कार्यालय, काभ्रेले जनाएको छ ।

गैरसरकारी संस्था प्राकृतिक सम्पदा नेपालले क्यामेरा ट्र्यापिङमार्फत नै स्तनधारी वन्यजन्तु सालकको अध्ययन तथा अनुसन्धान गर्ने छ ।