इन्द्र जात्राको लिङगो ढल्दा दुई जना घाईते,वसन्तपुरमा भागदौड ।

0
2079

भदौ २८ काठमाण्डौ । नेवार समुदायले मनाउने महत्वपुर्ण चाड इन्द्र जात्राका अवसरमा बसन्तपुर क्षेत्रमा गाडिएको लिङगो ढल्दा दुई जना घाइते भएका छन् । घाईते मध्ये एक जना नेपाली सेनाका जवान भएकाले उनको छाउनी स्थित शैनिक अस्पतालमा उपचार भैरहेको छ भने अर्का सिन्धुपाल्चोक घर भएका घाइतेको बिर अस्पतालमा उपचार गराईएको जनसेवा प्रहरीले जनाएको छ । इन्द्र जात्रा पर्वको सबै भन्दा मुख्य केन्द्र नै लिङगो भएकाले लिङगो ढल्नुलाई असुभको संकेत भएको नेवार समुदायका अगुवाले बताएका छन् । लिङगो ढल्दा  वसन्तपुरमा जात्रा मनाउन आएकाहरु बिच भाग दौड मच्चिएको थियो ।indra-jatra

काठमाडौं लगायत ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजा(आराधना गरी परम्परागत रूपमा नेवारहरूले इन्द्र जात्रा मनाउने गरेका छन्।यसलाई येँया पुन्हि पनि भनिन्छ। इन्द्रजात्रा काठमाडौँमा मनाइने विविध जात्रामध्येको एउटा रमाइलो महत्वपूर्ण जात्रा हो।

इन्त्रजात्राको प्रमुख कार्य नै लिंगो (ध्वजा० स्थापना हो। १२औँदेखि १८औँ शताब्दीमा निर्मित थुप्रै मठ मन्दिरले सजिएको  हनुमानढोका दरबार क्षेत्र यो जात्राको उद्गम स्थल हो। भाद्र शुक्लपक्ष यँलाथ्व द्वादशीका दिन इन्द्रध्वजोत्थानबाट सुरू भई यँलागाः चौथी अर्थात् इन्द्रध्वजपतनसम्म आठ दिन विभिन्न नाच, गान, रथयात्रा गरी यो जात्रा सम्पन्न गरिन्छ।

सनातन धर्मावलम्बीहरूका प्रमुख र प्रचलित चाड दशैं, तिहार र फागुभन्दा पनि इन्द्रजात्रालाई संस्कृतिविदहरूले पुरानो चाड मानेका छन्। इन्द्रजात्रा र लिंगो (ध्वजा० ठड्याउने प्रचलनको सम्बन्धमा वाल्मीकि रामायण, महाभारत, हरिवंश पुराण, कालिका पुराण, देवीपुराण, विष्णु धर्मोत्तर पुराण, बृहत्संहिता र भविष्य पुराणमा विस्तृत वर्णन गरेको पाइन्छ।