प्रिमियर लिग जित्नका लागी मेहनतको आवश्यकता हुनुपर्ने प्रशिक्षक पेपेको भनाई ।

0
399

२८ भदौ ,एजेँन्सी ।  म्यानचेष्टर सिटीका प्रशिक्षक पेपे ग्वार्डिओलाले प्रिमियर लिग जित्न चाहने हो भने आफ्नो टिमले धेरै मेहनत गर्नुपर्ने बताएका छन् । सिटीले प्रिमियर लिगमा म्यानचेष्टर डर्बी जित्ने शतप्रतिशत जितलाई कायमै राखेको छ । र, मंगलबार च्याम्पियन्स लिगको पहिलो खेलमा बोरुसिया मानचाङलेबाखको सामना गर्दैछ ।  ग्वार्डिओलाले भनेका छन्, हो, हामी रिजल्टबाट खुसी छौं । तर, यो प्रिमियर लिग जित्न पर्याप्त छैन ।’ साथै उनले च्याम्पियन्स लिगको उपाधिलाई ठूलो लक्ष्य भनेका छन् । उनले गोलकिपर ब्रभोको बचाउ गरे । म्यानचेष्टर डर्बीमा सिटीबाट डेब्यू गरेका उनको प्रदर्शन निकै खराब थियो । उनकै गल्तीमा सिटीले गोल खाएको थियो भने उनका केही गल्तीलाई टिममेटले सच्याएका थिए । यद्यपि ग्वार्डिओलाले भनेको छन्, गोलकिपरले गल्ती गर्छन् । विपक्षीले गोल गर्छ । यो मलाई थाहा छ ।’ सिटीका विंगर राहम स्टर्लिङले भने आफ्नो बचाउ गर्दै पछिल्लो समय भएको आलोचना अन्यायपुर्ण भएको बताएका छन् । उपाधिको दाबेदार मानिएको इंग्ल्याण्ड युरोकपमा आइसल्याण्डसँग पराजित हुँदै अन्तिम १६ बाटै बाहिरिएको थियो । यद्यपि स्टर्लिङ नयाँ सिजनको अगष्टमा प्रिमियर लिग प्लेयर अफ दि मन्थ बनेका छन् । आफूले देश र क्लबका लागि सक्दो गरेको भनेर नभन्दा केही निराश बनाउने उनले बताएका छन् ।