काठमाडौं,२९ भदौ, । सरकारले दण्ड जरिवानाको रकम बढाएरै सवारी नियम उल्लंघन गर्न हातोत्साहित गर्ने नीति लिएको छ । थोरै जरिवाना हुँदा नियम उल्लंघन गरेर सवारी चलाउने र ट्राफिक प्रहरीले भेटे जरिवाना तिरेर हिँड्ने प्रचलन बढेको छ । यसलाई मध्यनजर गर्दै सरकारले सवारी तथा यातायात व्यवस्था ऐनमा संशोधन गरी जरिवाना रकम १० हजारदेखि ३ लाख रुपैयाँसम्म पुर्याउने र कैद सजाय गर्न सक्ने व्यवस्था प्रस्ताव गरेको छ । अहिलेसम्म यातायात व्यवस्था ऐनमा सवारी नियम पालना नगर्नेलाई ५ हजार रुपैयाँसम्म मात्रै जरिवाना लिने व्यवस्था छ । तर, अब कसुरअनुसार सजाय रकम बढाउनेदेखि लाइसेन्स निलम्बन र खारेज गर्नेसम्मको प्रस्ताव अघि सारिएको छ ।