काठमाडौं,२९ भदौ, । मंगलबार राति भएको समूह चरणको आफ्नो पहिलो खेलमा बार्सिलोनाले सेल्टिकलाई ७-० गोलको फराकिलो अन्तरले हराएको छ । लिओनल मेस्सीले च्याम्पियन्स लिगमा छैटौं हृयाट्रिक पुरा गर्दा बार्सिलोनाले सेल्टिकलाई अहिलेसम्मकै ठूलो हार चखाएको छ । घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा मेस्सीले तेस्रो मिनेटमा नै गोलको खाता खोले । खेलको २४ औं मिनेटमा नै सेल्टिकले बराबरी गोल गर्ने मौका पाएको थियो । बार्सिलोनाका गोलकिपरले पेनाल्टी एरियामा फल गरेपछि रेफ्रीले सेल्टिकलाई पेनाल्टी दियो । तर, मौउसा डेम्बेले गोल गर्न चुके । उनले दाँया कर्नर च्यापेर हानेको बललाई बार्सिलोनाका गोलकिपर रोकेका छन् । त्यसको तीन मिनेट लगतै मेस्सीले दोस्रो गोल गरे । र, पहिलो हाफमा घरेलु टोली २-० ले अगाडि रहृयो ।