प्रमले संसदमा भारत भ्रमणबारे जानकारी गराए ।

0
287

 काठमाण्डौ, भदौ  ।  प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमण कार्यक्रमबारे संसदमा जानकारी गराएका छन्। बुधबारको संसद बैठकलाई सम्बोधन गर्दै दाहालले आफ्नो भ्रमणबारे सांसदहरूलाई जानकारी गराएका हुन्। राजकीय भ्रमणमा जान लागेका दाहालले भोलि नयाँ दिल्ली गएर राष्ट्रपतिको पाहुनाका रुपमा रहने बताए। आफ्नो टिममा परराष्ट, भौतिक योजना तथा निर्माण मन्त्रीलगायत सांसद तथा केही पत्रकार लगायत व्यापारिक प्रतिनिधिसमेत रहने जानकारी दिए। यसअघि भारत गएका उपप्रधान तथा गृहमन्त्री र परराष्ट्रमन्त्रीले आफ्नो तयारी भ्रमण गरेको बताए।
आफू भोलि राजदूतावासमा रात्री भोजमा सरिक हुने, ३१ गते राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने तय भएको जानकारी दिए। त्यहाँका केही मन्त्रीसँग पनि भेट गर्ने कार्यक्रम रहेको भन्दै दाहालले हिमाञ्चल प्रदेशमा एक जलविद्युत परियोजनाको भ्रमण गरी असोज २ गते स्वदेश फर्किने बताए। मेरो भ्रमण धेरै विषय उठाउनु भन्दा दुई देशको हित अनुसार यसअघि भएका सहमति र सम्झौताका परियोजना सम्पन्न गर्न तथा हुलाकी राजमार्गको पहिलो चरण सम्पन्न गर्न र दोस्रो चरणको शुरुवात गर्ने विषयमा केन्द्रीत हुनेछ,’ दाहालले भने। उर्जामा पिटीए सम्झौता र पन्चेश्वर परियोजनाको सम्पन्न गर्ने तथा भैरहवा, विराटनगर तथा नेपालगन्जमा सुख्खा बन्दरगाहा निर्माण गर्ने विषयमा पनि छलफल हुने बताए। दुई मुलुकबीच सीमापार रेलवे विस्तार तथा डुवान समस्याबारे छलफल हुने बताए। दुबै पक्षबीच यथासमयमा सम्झौता पत्र तयार भएमा भारतीय भूमीहुँदै नेपालसम्म बन्दरगाह सञ्चालन गर्ने विषयमा छलफल केन्द्रीत हुने बताए। ‘नेपालको सर्वोत्तम हित हुनेगरी छलफल र सम्झौता हुनेछ,’ दाहालले भने, ‘ मेरो भ्रमणले विगतमा भएका सम्झौता तथा नँया आयोजनाको विषयमा कुरा गरी दुई देशबीच मैत्रीपूर्ण सम्बन्ध विकास हुन्छ।’