भारतबाट ल्याएको गोली र विस्फोटक पदार्थ धनगढीमा बरामद।

0
213

 धनगढी,२९ भदौ, ।  प्रहरीले धनगढी उपमहानगरपालिको छुटाछुट्टै स्थानबाट बुधबार विस्फोटक पदार्थसहित पेस्तोलमा प्रयोग हुने गोली बरामद गरेको छ । उपमहानगरपालिकाको त्रिवेणीघाटस्थित मोहना नदी पारगरी भित्र्याउँदै गरिएको अवस्थामा साढे पाँच किलो गन्धक र साढे नौ किलो सोडा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । यी समान भित्र्याउन लागेको व्यक्ति प्रहरीलाई देख्नासाथ सिमावर्ती भारततर्फ फरार भएको प्रहरीको भनाइ छ । यसैगरी धनगढीकै बैयावेहँडी सीमा नाकाबाट भित्र्याउन लागेको अवस्थामा प्रहरीले पेस्तोलमा प्रयोग हुने १८ थान गोली ‘क्यालिभर राउण्ड’ बरामद गरेको छ । चिनीको झोलाभित्र कपडामा बेरेर राखिएको अवस्थामा सो परिमाणको गोली बरामद भएको प्रहरीले जनाएको छ ।