ललितपुर,३१ भदौ । उतर कोरियाले हालसालै मात्र गरिएको आणविक बम परीक्षणको विरोध स्वरुप ब्युटिफुल माइन्ड ग्रामीण क्लबहाउसको अगुवाइमा उतर कोरियाली दूतावास हरिहर भवनस्थित आज एक घन्टा धर्ना दिएको छ । उत्तर कोरियामा लोकतन्त्र बहाली गर, मानव अधिकारको सम्मान गर’ भन्ने नारासहित प्लेकार्ड बोकेर धर्ना दिइएको थियो । हामी सधैं शान्तिका पक्षधर हौं, त्यसैले आणविक परीक्षणको विरोध गर्नु आवश्यक भएको धर्ना कार्यक्रम संस्थाका अध्यक्ष मुकुन्द सुवेदीले बताए ।