भारत भ्रमण सफल, प्रधानमन्त्री दाहाल आज स्वदेश फर्कदै ।

0
237

नयाँदिल्ली, २ असोज । चार दिने औपचारीक राजकीय भारत भ्रमण पुरा गरी प्रधानमन्त्री पुष्पकमल दाहाल आज स्देश फर्कदै हुनुहुन्छ । चार दिनको भ्रमणका क्रममा उहाले भारतका राष्ट्रपति प्रधानमन्त्री,मन्त्री लगायत उच्च नेतृत्वसंग दुई पक्षिय हितका बिषयमा छलफल गर्नुका साथै ३ बुंदै सम्झौता समेत भएको थियो ।

यस अघि शनिबार प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमण पूर्णरुपमा सफल भएको बताउनुभएको थियो । नयाँ दिल्लीस्थित होटल ताज प्यालेसमा शनिबार आयोजित विशेष पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले अब नेपाल र भारतबीच नयाँ सम्बन्धको सुरुवात भएको र त्यसले दीर्घकालीन महत्व राख्ने बताउनुभएको थियो । उहाँले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय हित र चासोका विषयमा खुलेर कुराकानी भएको उल्लेख गर्नुभयो । प्रधानमन्त्री दाहालले भन्नुभयो, “मैले भारतीय प्रधानमन्त्रीसँग खुलेर दिलदेखि नै कुरा गरँ । म भ्रमणबाट पूर्ण सन्तुष्ट छु ।

यसले नेपाल–भारत सम्बन्धलाई थप उचाइमा पु¥याएको छ । मैले विश्वास लिएको छु, भ्रमण पूर्णरुपमा सफल भएको छ ।” संविधान लेखन प्रक्रियादेखि नै असन्तुष्टि जनाउँदै आएका पक्षसँगको सहमतिमा नै नेपालको संविधान संशोधन प्रक्रिया अगाडि बढाउने उहाँको कथन थियो । प्रधानमन्त्री दाहाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत भदौ ३० गते भारत प्रस्थान गर्नुभएको थियो ।