असोज २ काठमाडौं । २०७२ असोज ३ गते संबिधान जारी भएको सन्दर्भमा सरकारले असोज ३ लाई संबिधान दिवसको रुपमा मनाउंदै आएको छ । यस पटक भने संविधान दिवस तीन दिनसम्म मनाउने सरकारले तयारी गरेको छ । सरकारको तयारी अनुरुप व्यवस्थापिका संसदले आज देखि तीन दिन सम्म संविधान दिवस मनाउने भएको छ ।
संविधान दिवसको मूल कार्यक्रम सोमबार हुनेछ । संसदले आयोजना गरेको आइतबारको विशेष समारोहमा राष्ट्रपति, प्रधामन्त्री, प्रधानन्यायाधीश, संवैधाकिन निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख, नेपाल सरकारका विशिष्ट कर्मचारी तथा अन्य व्यक्तित्वको उपस्थिति रहेनेछ ।
आज अपरान्ह् ४ बजे बस्ने संसदको बिशेष बैठकमा सभामुख ओनसरी घर्तीले समबोधन गर्ने कार्यक्रम छ ।