पुराना नेतालाई बिर्सदै नेपाली कांग्रेस,आफ्नै परिवारले सम्झीए गणशमानलाई ।

0
730

असोज २ काठमाडौं । नेपाली कांग्रेसका संस्थापक नेता एवं २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको आज १९ औं स्मृति दिवस मनाईंदै छ ।

दिवसको अवसरमा काठमाडौको शोभा भगवतीमा रहेको स्वर्गीय सिंहको प्रतिमामा माल्यार्पण कार्यक्रम गरिएको छ ।

गणेशमान सिह फाउण्डेसनले आयोजना गरेको कार्यक्रममा फाउण्डेसनका अध्यक्ष तथा गणेशमान सिंहका छारा कांग्रेस नेता प्रकाशमान सिहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा गणेशमान सिहले गरेको योगदान जतिसुकै चर्चा गरेपनि कम हुने बताए ।ganesh

उनले आज पनि गणेशमान जस्तो निस्वार्थी नेताको आवश्यकता रहेको बताए ।लौहपुरुषका नामले समेत चिनिएका उनले नेपालमा प्रजातन्त्र प्राप्तिका लागि राणाकालदेखि संघर्ष गरेका थिए ।

आजै रत्नपार्कस्थित शान्तिबाटिकामा दीप प्रज्वलन लगायतका विभिन्न कार्यक्रम गरी नेपाली कांग्रेसले स्मृति दिवस मनाउँदै छ । १९७२ सालमा जन्मिएका सिंहको २०५४ साल असोज २ गते निधन भएको थियो ।
गणेशमान सिंहले गरेको योगदानको स्मरण गर्न नेपाली कांग्रेसले कन्जुस्याई गरेको आजको कार्यक्रमले पुष्टि गरेको छ । सिंहको योगदानका कारण देशमा प्रजातन्त्रको पुर्न आगमन भएको महान कार्यैलाई अहिलेको नेतृत्वले अबमुल्यन गरेका छन् । सिंहको स्मृती दिवसमा पार्टीले संस्थागत कार्यक्रम सम्म गर्न नसक्नुले कांग्रेसले सिंहलाई बिर्सीएको कार्यक्रममा सहभागीहरुले कानेखुसि गरेका थिए ।