सात महिने बच्चा इनारमा फालेर आमा बेपत्ता !

0
761

चितवन, ३ असोज । चितवनको खैरहनी नगरपालिकाको कुमरोजमा इनारभित्र सात महिनाको बच्चा मृत अवस्थामा फेला परेको छ ।

आमाले नै सात महिनाको बच्चा प्रजिना न्यौपानेलाई इनारमा फालेको जानकारी आएको स्थानीयलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

स्थानीय रामशरण न्यौपानेकी ३६ वर्षीया श्रीमती पार्वती न्यौपानेले आइतबार सात महिनाको बच्चा प्रजिनालाई फालेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

सोही निवेदनका आधारमा खोजी गर्दा कुमरोजस्थित इनारमा बच्चा मृत फेला परे पनि आमा भने बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

उनको खोजी जारी छ । उनको मानसिक अवस्था पनि केही कमजोर रहेको बुझिन आएको प्रहरीले जनाएको छ । यद्यपि प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।