राजधानीका बिद्यालयहरुमा एका बिहानै बम आतंङ्क, दुई बिद्यालयमा बिस्फोट ।

0
502

 काठमाडौं ,४ असोज, ।  आज बिहान काठमाण्डौका विभिन्न विद्यालयमा शंकास्पद रुपमा बम फेला परेको छ । जसमध्ये जोरपाटीका दुई विद्यालय, आकाशद्विप स्कुल र मनकामना उच्च माविमा विष्फोट भएको छ । विष्फोटले आकाशद्विप स्कुलको पर्खालमा क्षति पुगेको छ । बौद्धस्थित राई स्कुल, इस्टपोल स्कुलमा शंकाष्पद बस्तु फेला परिरहेकोे छ । त्यस्तै ललितपुरको रेडियन्ट स्कुल लगायतका स्थानमा शंकास्पद बस्तु राखिएको छ । शंकास्पद बस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ । बम विस्फोट भएको स्थानमा बम अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी केन्द्र र योङ कम्युनिष्ट फोर्स नेपालको नाममा पर्चा फेला परेको छ ।