स्कुलमा बम आतङ्क मच्चाउने माओवादी केन्द्रका कार्यकर्ता रहेको खुलासा ।

0
706

काठमाण्डौ,४ असोज । मंगलबार बिहानै उपत्यकाका नौ निजी स्कुलमा बम राखेर आतंकित पार्ने समूह माओवादी कमन्युष्ट केन्द्रका कार्यकर्ता रहेको खुलासा भएको छ। उक्त समूहले राखेका सात बम सेनाको टोलीले निष्क्रिय पारेको छ। बाँकी दुई ठाउँमा कमसल खालका घरेलु बम बौद्धस्थित दुई स्कुलमा पड्केका थिए। बौद्धको आकाशदीप र मनकामना स्कुलमा सिलिण्डर बम पड्किएका थिए। यी घरेलु बमको बिष्फोटमा कुनै मानवीय क्षति भएको छैन। बम राखेको अभियोगमा प्रहरीले काठमाडौंको बौद्धबाट पक्राउ गरेका चन्द्रबहादुर तामाङ र शंकरबहादुर लाखेले आफूहरू माओवादी कम्युनिष्ट केन्द्र भन्ने पार्टीका भातृ संगठनका कार्यकर्ता भएको बताएका छन्। सो पार्टीका भातृ संगठन योङ कम्युनिष्ट फोर्स र अखिल नेपाल स्वतन्त्र विद्यार्थी केन्द्रले विद्यालयहरुमा बम राखेको उनीहरुले स्वीकारेको प्रहरीले बताएको छ। उनीहरूले आफूहरू पुर्व लडाकु रहेको र बम बनाउन ‘माओवादी जनयुद्वमा रहदै सिकेको’ जानकरी दिएको अनुसन्धानमा संग्लग्न डिएसपी रमेश थापाले बताए। ही समूहले करिब डेढ महिना पहिले आइडियल मोडेल स्कुलको बस स्वयम्भूमा जलाएका थिए। सो आगजनी पछि प्रहरीले उनीहरूलाई समातेको थियो। चन्द्रबहादुर तामाङ, शंकर बहादुर लाखे र मीन देबकोटा करिब तीन साताअघि मात्र तारेखमा छुटेका थिए,’ काठमाडौंका प्रहरी प्रमुख बिक्रम सिंह थापाले बताए। छुटेको केही सातामै उनीहरुले स्कुलहरुमा आतंक फैलाउने गरी घरेलु बम राखेका हुन्। यसरी स्कुलमा राखिएका बम धेरै शक्तिशाली नभएको प्रहरीले जनाएको छ।