सार्बजनिक यातायातमा भाडा बढि लिन खोजेमा १०३ डायल गरिहाल्नुहोस् ।

0
556

ललितपुर ,४ असोज ।  तपाईले बस, माइक्रो बस, टेम्पो लगायतका सार्वजनिक यातायात चढ्दा यदि साविकभन्दा धेरै भाडा सार्वजनिक सवारीका कर्मचारीले उठाउँछन् भने तुरुन्तै ट्राफिक प्रहरीको १०३ नम्बर डायल गर्नुहोस् ।तपाईको एक कल फोनले त्यस्ता बसलाई तुरुन्त कारवाही हुनेछ भने चालकलाई पाँच हजार रुपैया जरिवाना समेत हुनसक्छ । ट्राफिक प्रहरी प्रभाग, ललितपुरले अब बढी भाडा लिने सार्वजनिक यातायातलाई कारवाही गर्न नयाँ तरिका अपनाएको छ । ललितपुर देखि कुपण्डोल सम्मका विभिन्न बस बिसौनीमा झण्डै ३० वटा बोर्ड राखेर ट्राफिक प्रहरीले किलोमिटर सहित लगनखेल देखि रत्नपार्क सम्मको भाडादर प्रस्ट लेखिदिएको छ । त्यतिमात्र हैन, तोकिएको भाडादर भन्दा एक रुपैया बढी शुल्क लिएको उजुरी गरेमात्र पनि उक्त यातायातलाई पाच हजार रुपैयासम्म जरिवाना गर्ने बताएको छ ।सार्वजनिक यातायातले यात्रुबाट बढी भाडा असुल्ने गरेको उजुरी बारम्बार आउन थालेपछि यात्रु नझुक्किउन् भन्नका लागि हामीले ३० ठाउँमा यस्तो बोर्ड राखेका छौ’, ट्राफिक प्रहरी प्रभाग, ललितपुरका प्रही निरिक्षक सिताराम हाछेथुले अनलाइनखबरसँग भने, ‘यो बोर्डमा उल्लेख भएभन्दा बढी कसैले भाडा लिएको उजुरी आएमा हामी तुरुन्त कारवाही अगाडी बढाउनेछौ’ । उनले जनचेतनाका लागि पहिलो चरणमा यस्ता बोर्ड रत्नपार्क चल्ने यातायात बस विसौनीमा राखेकोमा अर्को चरणमा भैंसेपाटी लगायतका अन्य ठाउँमा विस्तार गर्दै लैजाने जानाकारी दिए । ललितपुरमा हाल बस, मिनीबस, टेम्पो, माइक्रो लगायतका सार्वजनिक यातायात सञ्चालनमा छन् । ती यातायातले दैनिक दश टिप भन्दा बढी यात्रु ओसारपसार गर्दछन् ।