चिनमा राष्ट्रिय दिवस मनाईयो ।

0
480

बेइजिङ, ५ असोज । बेइजिङस्थित नेपाली दूतावासको आयोजनामा नेपालको राष्ट्रिय दिवस मनाइयो ।

चिनियाँ विदेश मन्त्रालयका सहायक मन्त्री कोङ सुआनयुनको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा विभिन्न देशका कूटनीतिक नियोगका प्रतिनिधि, चीनका लागि नेपालका पूर्व राजदूत, सार्क राष्ट्रका प्रतिनिधि, आसियान तथा राष्ट्र सङ्घका प्रतिनिधि, चीनमा अध्ययनरत विद्यार्थी तथा चीनमा रहेका नेपालीहरुको उपस्थिति थियो ।

कार्यक्रममा कार्यवाहक राजदुत हरिशचन्द्र घिमिरेले सन् १९६३ मा दुई मुलुकबीच दौत्य सम्बन्ध कायम भएसँगै चीनले नेपालको वाणिज्य, शिक्षा, मानव संसाधन विकासका साथै विभिन्न परियोजना निर्माणमा पूर्णरुपले सहयोग गर्दै आएको स्मरण गर्दै त्यसको उच्च मूल्याङ्कन गर्नुभयो ।

नेपाल–चीनको मैत्री सम्बन्ध बुद्ध, अरनिको जस्ता ऐतिहासिक पुरुषको योगदानमा आधारित रहेको बताउँदै उहाँले भन्नुभयो, “चीन नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र स्वतन्त्रताको सम्मान गर्ने असल छिमेकी मुलुक हो ।” नेपाल सदा चीनको एक चीननीतिको समर्थनमा रहेको पनि उहाँले उल्लेख गर्नुभयो ।

गत वर्ष असोज ३ गते संविधान घोषणा भएको दिनलाई संविधान दिवसका रुपमा मनाउने नेपाल सरकारको निर्णयअनुसार असोज ३ लाई संविधान दिवसका रुपमा मनाउन थालिएको हो ।