सुनसरी ,५ असोज । पानीको बहाव बढ्दै जाँदा पटकपटक डुंगा दुर्घटना हुन थालेपछि सप्तकोसी नदीमा डुंगा सञ्चालन रोकिएको छ । वैकल्पिक व्यवस्था नभएसम्म सप्तकोसीमा डुंगा चलाउन रोक लगाउने जिल्ला सुरक्षा समिति सुनसरीको बैठकले निर्णय गरेको खबर छ । सुनसरीको श्रीलंका टापुमा शनिबार प्रकाशपुर गाविस आउँदै गरेको डुंगा दुर्घटना हुँदा नौ जना स्थानीय बेपत्ता भएका छन् । उनीहरुको अवस्था अझै पत्ता लाग्न सकेको छैन। बर्सेनि दर्जनौको ज्यान जाने गरी सप्तकोसी नदीमा डुंगा दुर्घटना हुन थालेपछि स्थानीय प्रशासनले डुंगा सञ्चालनलाई व्यवस्थित बनाउने भएको हो।