जापानवासी नेपालीलाई ३० लाख वनको उपाधि।

0
364

टोकियो,५ असोज ।  दक्षिण कोरियामा सञ्चालित खेलमा जापानवासी नेपाली युवाले स्थापना गरेको नेपाल जापान फुटवल क्लबका खेलाडीले बुसान कप फुटबल प्रतियोगिताअन्तर्गत कोरियाको स्थानीय मेची–महाकाली समूहलाई हराएर गत साता सम्पन्न दुई खेलमध्ये एकमा जापानवासी नेपालीले नेपालीको सबैभन्दा ठूलो धनराशि भएको भनिएको ३० लाख वनको उपाधि हात पार्न सफल भएका छन्। प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने रितन श्रेष्ठ बेस्ट प्लेयर घोषित भए। गोलरक्षक रञ्जित गुरुङ अब्बल देखिए। जापानबाट १८ खेलाडीको नेतृत्व गर्दै क्लबका अमृत गुरुङ गत मङ्गलबार कोरिया पुगेका थिए। नेपाल जापान फुटबल क्लबले प्रत्येक वर्ष आयोजना गर्दै आएको यी दुवै खेललाई यो वर्ष पनि निरन्तरता दिँदै सहभागिता जनाएको जापानी टोली पहिलो खेलअन्तर्गत दोगुन्सान कप फुटबल प्रतियोगितामा भिडेको थियो। जापान फुटबल क्लबले मेचीमहाकाली समूहलाई २–० गोलले हराएको थियो। उपविजेता मेचीमहाकाली समूहले १५ लाख कोरियन वन हात पा¥यो