जील्लाका ५३ हजार ३६९ जनाले भत्ता पाए ।

0
508

 भद्रपुर, ५ असोज ।  जिल्ला विकास समितिले आव २०७२÷७३ मा ५३ हजार ३६९ जनालाई रु ४८ करोड ५४ लाख ५१ हजार सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । ज्येष्ठ नागरिक २८ हजार ३०० लाई रु ३१ करोड ७४ लाख ३८ हजार, ज्येष्ठ नागरिक दलित एक हजार ७७२ लाई रु एक करोड पाँच लाख छ हजार, विधवा १४ हजार ४५ जनालाई रु आठ करोड ४० लाख, पूर्ण अपाङ्गता भएका ९६४ जनालाई रु एक करोड १४ लाख १२ हजार र आंशिक अपाङ्ग ८० जनालाई रु चार लाख १२ हजार वितरण गरेको छ . यसैगरी अतिअशक्त ४२५ जनालाई रु. २६ लाख ५६ हजार, लोपोन्मुख आदिवासी÷जनजाति दुई हजार २१४ जनालाई रु. पाँच करोड ३८ लाख ८० हजार र पाँचवर्ष मुनिका दलित बालबालिका एक हजार ५१० जनालाई रु. ५१ लाख ३७ हजार भत्ता वितरण गरेको कार्यालयले जनाएको छ ।