नकरात्मक समाचारलाई बढि पो्रत्साहन नगर्न सन्चार मन्त्रिको आग्रह ।

0
925

काठमाडौँ, ५ असोज ।   पछिल्लोपटक आमसञ्चार माध्यमले सकारात्मकभन्दा पनि नराकात्मक समाचार बढी सम्प्रेषण गरेको भन्दै सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले त्यसलाई निराकरण गर्न सन्भार माध्यमहरुलाई आग्रह गर्नुभएको छ । प्रेस सेन्टर नेपाल ३ नम्बर प्रदेशको प्रथम एकता सम्मेलनको  उद्घाटन गर्दै मन्त्री कार्कीले भन्नुभयो,– “बिहानै उठेर पहिलो पृष्ठदेखि अन्तिमसम्म पत्रिकाको समाचार पढियो भने, सबै नकारात्मक मात्रै समाचारले स्थान पाएको देखिन्छ ।”  सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री कार्कीले जनतालाई सुसूचित गर्ने जनता सवालमा खोजमूलक पत्रकारिता गर्नेभन्दा पनि अनावश्यक रूपमा मान्छेको चरित्र हत्या गर्ने गरी हुँदै नभएका झुटा समाचार समेत सम्प्रेण गर्ने गरिएको टिप्पणी गर्नुभयो ।  कतिपय व्यक्तिले पत्रकारको नामका मान्छेसँग धम्काएर पैसा माग्ने नदिएको खण्डमा उसको बारेमा चरित्र हत्या गर्ने गरी झुटा समाचार लेखिएको कारण पनि पत्रकारितामा सिर्जनशीलता मर्दै गएको मन्त्री कार्कीको भनाइ छ ।  नेपाल पत्रकार महासङ्घका महासचिव उजिर मगर, प्रेस सेन्टर नेपालका संयोजक गोविन्द आचार्य, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत र नेपाल पत्रकार महासङ्घका पूर्व महासचिव ओम शर्मालगायतले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक लागू गर्नुपर्नेमा जोड दिनुभयो ।