डम्पीङ साईट नहुंदा बिरगञ्ज दुर्गन्धीत ।

0
1133

वीरगन्ज, ६ असोज । दैनिक करिब ७५ टन फोहरमैला निस्कने वीरगन्ज उपमहानगरपालिकासँग स्थायी डम्पिङ साइट नहुँदा नगर क्षेत्रको फोहोर नेपाल–भारतको दशगजा क्षेत्रमा फाल्नाले फोहोरबाट निस्कने दुर्गन्धले दुवै देशलाई प्रभावित बनाएको छ ।

उपमहानगरपालिका घोषणा भएको १८ वर्ष हुँदा पनि नगरपालिकासँग फोहोर व्यवस्थापन गर्न डम्पिङ साइट बनाईएको छैन ।

पर्साको विश्रामपुरमा १६ बिघा क्षेत्रफलमा एसियाली विकास बैंकको १८ करोड ऋण सहयोगमा सुविधासम्पन्न ल्यान्डफिल साइट निर्माण गर्ने काम सुरु भएको वीरगन्ज उपमहानगरपालिकाका निमित्त कार्यकारी अधिकृत प्रकाश अमात्यले बताउनुभयो ।

दैनिक २४७ स्विपर, २० वटा ट्याक्टर र दुईवटा टिप्पर प्रयोग गरेर संकलन गरिएको फोहोर ब्यबस्थापन गर्न नसक्दा नेपाल भारत आवत जावत गर्ने यात्रीहरु मर्कामा परेका छन् ।