नेपाल र एल साल्भाडोरबीच कूटनीतिक सम्बन्ध स्थापना ।

0
541

न्युयोर्क, ६ असोज । नेपाल र दक्षिण अमेरिकी मुलुक एल साल्भाडोरबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेर आउनुभएका परराष्ट्रमन्त्री डा प्रकाशशरण महत र एल साल्भाडोरका विदेशमन्त्री ह्युगो रोजर मार्टिनेजले संयुक्तरुपमा कूटनीतिक सम्बन्ध स्थापना पत्रमा बुधबार हस्ताक्षर गर्नुभयो ।

एल साल्भाडोर नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने १४४औँ मुलुक रहेको परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास बैरागीले जानकारी दिनुभयो ।

नेपाल र एल साल्भाडोरका बीचमा आर्थिक, सामाजिक तथा अन्य सहयोगका क्षेत्रमा मिलेर अगाडि बढ्ने प्रतिबद्धतासमेत सो अवसरमा व्यक्त गरिएको थियो ।

नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्न पाउँदा आफूहरुलाई असाध्यै खुसी बनाएको विदेशमन्त्री मार्टिनेजको भनाइ थियो । दुवै मुलुकका परराष्ट्रमन्त्रीले कूटनीतिक सम्बन्धलाई आगामी दिनमा नयाँ उचाइमा पु¥याउने भन्दै खुसी व्यक्त गर्नुभएको थियो ।