पुर्व पश्चिम राजमार्गमा अज्ञात सवारीको ठक्करबाट १ जनाको मृत्यु ।

0
573

सिरहा, ६ असोज । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका–१ मा आज बिहान अज्ञात सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

पूर्वतर्फ जाँदै गरेको नम्बर नखुलेको अज्ञात सवारीसाधनको ठक्करबाट नाम थर वतन नखुलेका अन्दाजी ३० वर्षीय एक पुरुषको मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जनाइएको छ ।
यस्तै सिरहाको धनगढीमाई नगरपालिका–१३ मा बुधबार साँझ इनारमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

स्थानीय हरिनारायण यादवको सात वर्षीया छोरी अन्जली खेल्ने क्रममा चिप्लेर इनारमा खसेकी थिइन् । छिमेकीले उनलाई खसेको देखेपछि निकाल्न लाग्दा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।