२०८१ माघ २९ गते मंगलवार
२०८१ माघ २९ गते मंगलवार

ओलीप्रति भीम रावल आक्रामक, यस्ता आरोप लगाए

नेकपा एमालेबाट निष्कासित भएका नेता डा. भीम रावलले अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रामक रुपमा प्रस्तुत भएका छन् ।

बुधबार बबरमहलस्थित कार्की बैंक्वेटमा पत्रकार सम्मेलन गर्दै उनले विभिन्न आरोप लगाएका छन् ।

उनले तत्कालीन नेकपा फुटाएको आरोप लगाएका छन् । नेकपामा अन्तरभेद सृजना गरेको उनको भनाइ छ ।

यस्तै, उनले आलोचक तथा विरोधीको उम्मेदवारी दिन रोक्ने गरेको आरोपसमेत लगाएका छन् ।

बालुवाटारमा रअका प्रमुख सामन्त गोयलसँग भेट्नु पदीय मर्यादाअन्तर्गत थियो ? उनले प्रश्न गरेका छन् ।

लुम्बिनी प्रदेशका तत्कालीन सांसद विमला वलीलाई अपहरण गरेको आरोपसमेत लगाएका छन् । ‘पद हत्याउन लुम्बिनी प्रदेशका तत्कालीन सांसद विमला वलीलाई अपहरण तपाईंको गुटिया महासचिव शंकर पोखरेल होइन ?’ उनले भने ।

उनले प्रधानमन्त्री रहँदा ओली भारत सरकारसामु लम्पसार परेको आरोपसमेत बताएका छन् ।

ओलीले केही युवालाई रक्सी खुवाएर आफू बसेको होटलबाहिर नाराबाजी गर्न लगाएको आरोप लगाएका छन् । उनले भने, ‘उद्घाटन सत्रको अघिल्लो दिनको साँझ म सौराहा पुगेको थिएँ । बस्ने ठाउँको अतोपतो थिएन । उहाँ (केपी ओली)ले आफ्ना पक्षधरलाई भने रोजेको खोजेको व्यवस्था गर्नु भएको थियो । म आफ्नै व्यवस्थाले बसेको होटलबाहिर रक्सी खुवाएर केटाहरुलाई नाराबाजी गर्न लगाइयो । मेरो आग्रहमा सशस्त्र प्रहरी बलले उनीहरुलाई हटायो ।’

बागमती नदीको किनारामा बसेको सुकुम्बासीका लागि बनाइएको भवन ओलीले आफ्नी पत्नीको मानव सेवा आश्रमलाई नि:शुल्क प्रयोग गर्न दिएको उनको आरोप छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।