काठमाडौँ, ९ असोज । पछिल्लो समयमा आयुर्वेद उपचारपद्धति मिर्गौला उपचारका लागि वरदान सावित हुँदै आएको छ । मिर्गौला समस्याका कारण धेरैले अकालमा जीवन गुमाउनुपरेका घटना बारम्बार सुनिदै आएका छौँ । आयुर्वेद उपचार पद्धतिले राम्रो स्वास्थलाभ लिएर पहिलेकै अवस्थामा खुसी जीवन बिताइरहेका धेरै मानिस छन् । गत वैशाखमा काठमाडौँ नयाँबजारका ५७ वर्षीय टीका राणालाई असहज महसुस भयो । त्यसपछि उहाँ उपचारका लागि अस्पताल जानुभयो । डाक्टरको उत्तर सुनेर उहाँलाई झन असजिलो भयो । उहाँले भन्नुभयो – “डाक्टरले दुवै मिर्गौला छैन भनेको सुन्दा म झसङ्ग भए, त्यही ढल्छु जस्तो भयो तर मैले त्यहाँ डायलासिस गरिन, आयुर्वेद उपचार गर्न आएँ ।” राणालाई उपचार गर्ने वैद्यलाई देख्दा भगवान् भेटेजस्तो महसुस हुन्छ आजभोलि । “जीवन दिने नै भगवान् हो, नयाँ जिन्दगी पाएर खुसी छु” – हँसिलो मुहारमा उहाँले थप्नुभयो । उहाँ पहिलाको जस्तै सम्पूर्ण काम गर्न सक्नुहुन्छ । कुपन्डोल गुरुद्वार नजिकै रहेको श्री गणेश आयुर्वेदीय औषधालय प्रालिमा पुगेर उहाँले परामर्श लिएर औषधि खान सुरु गर्नुभयो । सुरुमा उहाँको क्रिटिनाइन ७.८ थियो । उपचारपछि क्रमशः २.९, २.८ हुँदै अहिले पाँच महिनामै सामान्य अवस्थाको जस्तै २.२ मा झरेको छ । मानिसको शरीरमा क्रिटिनाइन १.४ सामान्य मानिन्छ । राणाजस्तै भक्तपुर ठिमी–१७ का ६४ वर्षीय लालबहादुर कार्कीलाई पनि आयुर्वेदिक औषधिले राम्रो सुधार भइरहेको छ । उहाँले उपचार गर्न सुरु गरेको दुई वर्ष भयो । “वैद्यले दिएको औषधिले राम्रो सुधार भएको छ” – कार्कीका छोरा सुवास कार्कीले भन्नुभयो । सुरुमा उहाँको क्रिटिनाइन ४.४ थियो । अहिले २.२ छ ।मकवानपुरका २२ वर्षीय अरुण लामालाई आयुर्वेदिक औषधिको प्रयोगले निकै राम्रो भएको छ । एकवर्षअघि औषधि सुरु गर्दा उहाँको क्रिटिनाइन ६.८ थियो । अहिले ४.२ हुँदै २.१ मा झरेको छ । “दैवलाई पनि मिर्गौलाको रोग नलागोस्, कम हुँदैछ, ठीक हुन्छ, विस्तारै कम हुँदैछ” – लामाले भन्नुभयो ।
पश्चिमा मुलुकहरु आयुर्वेद खोजिरहेका छन् तर नेपालमा आयुर्वेदको मातृभूमि भएर पनि राज्यले त्यसको संरक्षण नगरेको नागरकिको गुनासो छ । आयुर्वेद चिकित्सा पद्धतिको विकास भएमा चिकित्सा पर्यटन प्रवद्र्धन गर्न सकिने आम मानिसको धारणा रहेको छ ।