महान चाड नजिकिए सँगै बसपार्क क्षेत्रमा सुरक्षा ब्यवस्था कडा ।

0
323

 काठमाडौँ, ९ असोज ।  नेपालीहरुको महान चाडबाड नजिकिएसँगै नयाँ बसपार्क क्षेत्रमा चौबिसै घन्टा सुरक्षा व्यवस्था मिलाइएको छ । चाडबाडका समयमा लुटपाट, ठगी, दुव्र्यवहार लगायत घटना बढ्ने भएपछि बसपार्क क्षेत्रको सुरक्षालाई कडाइ गरिएको हो । महानगरीय प्रहरी प्रभाग गङ्गबु नयाँ बसपार्कका प्रहरी निरीक्षक पूर्णिमा चन्दले यात्रु नठगिऊन् भन्ने उद्देश्यका साथ बसपार्कमा २४ घन्टा सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सुरक्षालाई कडा बनाउनका लागि महानगरीय प्रहरी परिसर र सामुदायिक प्रहरी सेवा केन्द्रबाट थप प्रहरी झिकाएका छौँ ।”