पूर्व गृहमन्त्री घिमिरे चढेको गाढी त्रिशुलीमा खस्यो,घिमिरे सहित ४ बेपत्ता ।

0
415

आश्विन ९, २०७३  .  पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरे चढेको गाडी काठमाण्डौ आँउदै गर्दा त्रिसुलीमा बेपत्ता भएको छ ।  घिमिरे चढेको ना १३ च १३५१ चढेको गाडी चितवनको दाह्रोचौकस्थित घोप्टेभिरबाट आइतबार साँझ ४ बजे खसेर बेपत्ता भएको हो । गाडी काठमाडौं आउँदै थियो । गाडीमा सवार घिमिरेसहित तीन जना बेपत्ता छन् । चितवन प्रहरी प्रमुख वसन्त कुँवरका अनुसार सात जना सवार गाडीका एक महिलासहित चार जनाको उद्धार गरिएको छ । बृद्ध महिला घिमिरेकी आमा भएको अनुमान गरिएको छ । उनीसहित चालक विष्णु राई, सशस्त्र प्रहरीका हवल्दार आरसी कार्की र नारायणप्रसाद काफ्लेको उद्धार गरिएको छ ।  दुर्घटनामा घाइते चालक विष्णु राईलाई उद्धृत गर्दै प्रहरीले जनाएअनुसार गाडीमा रहेका घिमिरेसहित चार जना बेपत्ता छन्।