नेपाली बजार सुनसान भारती बजारमा नेपालीको भिडभाड ।

0
667

बिराटनगर १० असोज । दसै तिहार जस्जा चाड पर्व नजिकिँदै जाँदा किनमेल गर्ने क्रममा मोरङको मुख्य बजार विराटनगर सुनसान देखिएको छ भने भारतको जोगवनी बजारमा नेपाली ग्राहकको भीड देख्न पाइन्छ । यसरी नेपाली ग्राहकहरु भारतीय बजारमा केन्द्रित हुन थाले पछि व्यवसायी पलायन हुने अवस्था सिर्जना भएको मोरङका व्यवसायीले गुनासो गरेका छन् ।

मोरङ व्यपार सङ्घका अध्यक्ष तथा सांसद पवनकुमार सारडाले मोरङसँग जोडिएको भारतीय सीमावर्ती बजार जोगवनीको खुल्ला सिमानाले भारतीय बजारमा किनमेल गर्ने नेपालीको भीड बढेपछि स्वदेशी व्यापारी विस्थापित हुने अवस्था सिर्जना भएको बताउनुभयो ।

उद्योग सङ्गठन मोरङका अध्यक्ष मुकेश उपाध्यायले करोडाँै रुपैयाँ लगानी गरेर मोरङका व्यवसायीले सञ्चालन गरेको व्यवसायमा सामान बिक्री नभएपछि व्यवसायी पलायन हुने अवस्था सिर्जना भएको गुनासो गर्नुभयो ।
विराट व्यापार सङ्घका अध्यक्ष शिव रिजालले सरकारले स्वदेशी बजार प्रवद्र्धन गर्ने कुनै कार्यक्रम ल्याउन नसक्दा सस्तोमा उपभोग्य सामग्री खरिद गर्न नेपाली उपभोक्ता भारतीय बजार जोगवनी जाने गरेको बताउनुभयो ।
त्यसैगरी मोरङका प्रमुख जिल्ला अधिकारी तोयम रायाले चोरी तस्करीलाई नियन्त्रण गर्न र भन्सार करमा सुधार गर्न नेपाली उपभोक्ता सामान खरिद गर्न जोगवनी नजाने वातावरण बनाउन सरोकारवाला निकाय मिलेर लाग्नुपर्ने बताउनुभयो ।