गोरखा, १० असोज । भूकम्पपछि अवरुद्ध गोरखाको मनास्लु पदमार्ग खुलाउन जिल्ला विकास समिति गोरखाले प्राविधिक सहितको टोली खटाएको छ ।
थुमीको सोतीदेखि सिर्दिवास गाविससम्मको पदमार्ग दसैँअघि सुचारु गर्न जिल्ला प्राविधिक कार्यालयका ओभरसियर लालबहादुर गुरुङ र राजनीतिक परामर्श समितिका सदस्य अध्ययन गर्न खटिएका छन् ।
नेपाली काँग्रेसका जिल्ला सचिव पूर्णबहादुर दाहाल, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य विष्णु भट्ट, नेपाल परिवार दलका जिल्ला अध्यक्ष रवीन्द्र थापा, नयाँ शक्ति पार्टी नेपालका रमेश पोखरेललगायतको टोली आज पदमार्गको अवस्था अवलोकन गर्न गएको जिविसका योजना तथा प्रशासकीय अधिकृत सतिशकुमार भट्टराईले जानकारी दिनुभयो ।