सम्बिधान कार्यान्वयनमा सम्पुर्ण पक्षको भुमिका आवश्यक मन्त्रि कार्की ।

0
308

 जाजरकोट, १० असोज ।  सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले संविधान कार्यान्वयनमा पत्रकारको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । प्रेस सेन्टर नेपाल प्रदेश नम्बर ६ को प्रथम अधिवेशनमा संबोधन गर्दै कार्किले संविधान संशोधन र देश निर्माणको भूमिकामा पत्रकारको दायित्व कहिल्यै पनि नसकिने चर्चा गर्नु भयो । सञ्चारमन्त्री कार्कीले संविधान संशोधनको पाटोमा सबैले सघाउनु पर्ने आवश्यकता औँल्याउनुभयो ।  उहाँले एउटा पार्टीले गरेका क्रियाकलापको अर्को पार्टीले आलोचना र खण्डन गरेर उपलब्धि नहुने भन्दै संविधान संशोधनका लागि प्रतिपक्षसँग सरकारलाई सघाउन आग्रह गर्नुभयो । पत्रकारले आफ्नो पार्टी निकट रहेर नभई सत्यतथ्य कुरालाई लेख्नुपर्ने भन्दै कुनै पनि सङ्गठनमा गैरपत्रकारलाई सदस्यता दिनु नहुने धारणा राख्नु पनि राख्नुभयो । त्यसैगरी श्रमजीवि ऐन सरकारी मिडियामा लागू भइसकेको र अब अन्य मिडियामा तत्काल लागू हुने बताउनुभयो । कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कार्की, प्रेस चौतारी सुर्खेतका अध्यक्ष सूर्यप्रकाश कँडेलले शुभकामाना मन्तव्य राख्नुभएको थियो । प्रेस सेन्टर नेपाल ६ नम्बर प्रदेशको अधिवेशनले २७ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गर्नेछ । अधिवेशनका लागि प्रदेश नं ६ का १० जिल्लाका जिल्ला प्रतिनिधि, केन्द्रीय सदस्य सुर्खेतमा भेला भएका छन् । अधिवेशनले केन्द्रीय अधिवेशनमा जाने प्रतिनिधिको समेत टुङ्गो लगाउने भएको छ ।