धादिङमा बस दुर्घटना मृतको संख्या १९ पुग्यो ।

0
881

धादिङ, ११ असोज ।  धादिङबेँसीबाट किन्ताङ फेदीतर्फ गइरहेको बस मार्पाक गाविसको पन्तटार नजिकै  दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । बा ३ ख ३३१८ नं को बस पल्टिएर दुर्घटना हुँदा १५ जनाको शव फेला परेको हो।  १२ जनाको उद्धार गरिएको र अन्यको खोजी कार्य भइरहेको प्रहरी नायव उपरीक्षक दीपेन्द्र पञ्जियारले जानकारी दिनुभयो ।  पहिरो झरेको सडक बाट बस पल्टिएर करिब २०० मिटर तल आँखु खोलामा खसेको बताइएको छ । बसमा कति यात्रु सवार थिए भन्ने यकिन नभएको नेपाल रेडक्रस सोसाइटी धादिङ शाखाका पूर्वसभापति केशरीप्रसाद पन्तले बताउनुभयो ।  पहिरो पार गर्न लाग्दा बस पल्टिएर खसेको थियो । बसमा सरकारले भूकम्प प्रभावितलाई उपलब्ध गराएको रकम लिएर घर फर्कदै गरेका ५० भन्दा बढी यात्रु सवार रहेको बताइएको छ ।