धादिङमा भएको बस दुर्घटनाको डरलाग्दो तथ्य खुल्यो ।

0
659

असोज १२ धादिङ । कच्ची सडकमा यातायात ब्यबसायीले आफ्खुसि सवारी सञ्चालन गर्दा धादिङमा बस दुर्घना भएको तथ्य भेटिएको छ । मंगलबारको दुर्घटना सडक भासिएको कारण ड्राइभर झुक्किएर भएको देखिएको छ । धादिङका प्रमुख जिल्ला अधिकारी बिश्व प्रकाश सुबेदीका अनुसार जिल्लामा २९ वटा हिले सडकमा सवारी सञ्चालन गर्न अस्थायी रुट अनुमती दिइए पनि सवारी साधनले भने बिना रुट अनुमती सवारी चलाउंदै आएकाछन् ।busacc

मंगलबार दुर्घटना भएको न ४ ख ३३१८ नं को बसको रुट इजाजत धादिङ काठमाण्डौ मात्रै आवता जावत गर्न पाउने छ तर ब्यबसायीले आफुखुसि २९ वटै रुटमा बस सञ्चालन गर्ने गरेका छन् । धादिङका बस ब्यबसायीले धादिङ काठमाण्डौको रुट परमिटकै आधारमा जिल्ला भरी बस सेवा सञ्चालन गर्दै आएका छन् । कच्ची सडकमा बस चलाउंदा प्रतिकिलोमिटर ६ रुपैया २५ पैसा भाडा लिएर गाडी चलाउंदै आएको तथ्य पनि प्रमुख जिल्ला अधिकारीले जानकारी दिनुभयो ।

तर यातायात ब्यबस्था बिभागले कच्ची सडकमा ४ रुपैया २५ पैसा भन्दा बढि भाडा लिन नपाउने नियम बनाए पनि धादिङका ब्यबसायीले आफु खुसि गरिरहेका छन् । दशै तिहार जस्ता चाडपर्बमा बिभिन्न स्थानबाट गाउं फर्कनेहरुको यात्रा सुरक्षित बनाउन र नियम कडाइका साथ लागु गराउन आफु लागि पर्ने प्रजिअ सुबेदिको भनाई छ ।

ग्रामीण भेगमा जनताको सुरक्षाका लागि भन्दै बिभिन्न जिल्लामा बर्खाको समयमा सवारी साधन नचलाउने सामान्य नियम उल्लघन गर्दा सवारी दुर्घटनाका घटना भैरहेका छन् । मंगलबार धादिङमा भएको बस दुर्घटना त्यसको पछिल्लो उदाहरण बनेको छ । यातायात ब्यबस्था बिभागले जिल्लाको यातायात सेवासंग आई पर्ने सम्पुर्ण जिम्मेवारी प्रमुख जिल्ला अधिकारीलाई नै दिने भएकाले सवारी दुर्घटना पनि प्रमुख जिल्ला अधिकारीको टाउको दुखाईको बिषय बन्ने गरेको छ । धादिङका प्रमुख जिल्ला अधिकारी सुबेदीले आजै सर्ब पक्षिय छलफलको आयोजना समेत गरेका छन् ।