झापामा बसको ठक्करबाट २ जनाको मृत्यु ।

0
473

झापा १ कात्तिक । पूर्व पश्चिम राजमार्गअन्तर्गत झापाको कनकाई नगरपालिका–२ स्थित जुके कल्भर्टमा आज बिहान भएको सडक दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को१ख ३५९६ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको मे५प ३८५३ नंको मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिनुभयो ।

मृत्यु हुनेमा कनकाई नगरपालिका–३ निवासी ५७ वर्षीय तीलविक्रम थेवे र सोही ठाउँका ६० वर्षीय अग्नि भेटवाल रहेका छन् । थेवे र भेटवाल मोटरसाइकलमा सवार रहेको प्रहरीले जनाएको छ ।

ठक्कर दिने बस र चालकलाई इलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएको छ ।