एक महिने ‘आदिनाथ मेला’ आजबाट सुरु

0
1379

काठमाडौँ, १ कात्तिक । पारिवारिक सुख, शान्ति तथा समृद्धिको कामनासहित कीर्तिपुर नगरपालिकास्थित चोभारमा एक महिनासम्म चल्ने ‘आदिनाथ मेला’ सुरु भएको छ ।
उक्त मन्दिरमा आज बिहान विधिपूर्वक विशेष पूजा गरियो । कात्तिक शुक्ल पूर्णिमाका दिनसम्म जारी रहने यो मेला भर्न काठमाडौँ उपत्यका तथा आसपास क्षेत्रबाट हिन्दु तथा बौद्ध अनुयायी आउने गर्छन् ।
हिन्दु धर्मावलम्बीले शिव शक्तिका रुपमा तथा बौद्ध धर्मावलम्बीले आनन्दादी लोकेश्वरका रुपमा आदिनाथलाई पुज्छन् ।
चोभार डाँडामा अवस्थित आदिनाथको मन्दिरमा शिव र पार्वतीको संयुक्त आकार प्रतिविम्बित भएकाले
यसलाई अर्धनारेश्वर समेत भनिन्छ । aadinath-mandir
यस अवधिमा आदिनाथको दर्शन गरेमा रोगव्याधिबाट मुक्त भई पारिवारिक सुख र शान्ति मिल्ने जनविश्वास छ ।

काठमाडौँ उपत्यकाका बौद्ध अनुयायीले प्रत्येक दिन विभिन्न बाजागाजासहित मन्दिरमा आएर भजन, किर्तन तथा पूजा गर्ने परम्परा छ । विशेषगरी चैतमा आदिनाथको ठूलो जात्रा गरी नख्खु दोभानमा जात्रालुले स्नान गर्ने गर्छन् ।
कात्तिक शुक्ल दशमीदेखि पाँचदिनसम्म केही भक्तजनले निराहार व्रत बसेर पूजा गर्ने परम्परा रहेको पूजारी सरोज शाक्यले जानकारी दिनुभएको छ ।