कार्तीक ४ काठमाण्डौ । केही महिना अगाडी “ॐ नमः शिवाय” बोलको म्यूजिक भिडियो सार्वजनिक गरेका यूवा गायक दिप्सन क्षेत्रीले आफ्नो पछिल्लो म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । दिप्सनको एल्बम दीपमा समाबेश भएको छम छम नामक गीतको म्युजिक भिडियो युवा पुस्ताको रोजाईमा पर्ने निर्माण युनिटले बिश्वास गरेको छ ।“छम छम” बोलको गीतमा गायक दिप्सनकै शब्द तथा संगीत रहेको छ । सार्वजनिक भिडियोमा विवश पाण्डे र सारा गौलीले अभिनय गरेका छन् । उनीहरुलाई सम्बोधन ग्रुपका कलाकारहरुले नृत्यमा साथ दिएका छन् । ललित केसीको निर्देशनमा तयार भएको भिडियोलाई दर्शकहरुले मन पराउनेमा गायक दिप्सन विश्वस्त देखिएका छन् । दिप्सनको गीत स्रोता तथा दर्शकको दिलमा बस्ने उनले दाबी गरेका छन् ।
दिप्सनले गरेको दाबी पुरा होला त ? कस्तो बनाएछन् त छम छम नामक गीतको म्युजिक भिडीयो । हेर्न मन लाग्यो भने यो लिङकमा क्लिक गर्नुहोस् ।