नेबिसंघ सभापति महरको सुदुर पश्चिममा भब्य स्वागत,आज गृह जिल्लामा सम्मान गरिंदै ।

0
514

कार्तिक ५ धनगढी । एक दशकपछि भएको नेपाल विद्यार्थी संघको महाधिवेशनबाट सभापति पदमा निर्वाचित भएपछि पहिलोपटक गृह क्षेत्र पुगेका नैनसिंह महरलाई कैलाली विमानस्थलमा भव्य स्वागत गरिएको छ ।
महर धनगढी आउने जानकारी पाए पछि सयौको संख्यामा युवाहरु मोटर साईकलमा झण्डा फहराउंदै स्कर्टिङ गर्न एयरपोर्ट पुगेका थिए ।nain

सुदूरपश्चिम क्षेत्रमा नेपाल बिद्यार्थी संघको संगठनमा सुधार गर्न, नेपाल प्रेस युनियनको क्षेत्रीय भेला र आगामी निर्वाचनमा नेपाली कांग्रेसका लागि सांगठानिक सुधार गर्ने उद्देश्य सभापति महर सुदूरपश्चिम पुगेका हुन् ।

कैलालीको धनगढी स्थिति विमानस्थलमा विद्यार्थी नेता, तथा उहांका शुभेच्छुकले उनलाई खादा, माला र दोसल्ला ओढाएर सम्मान गरेका थिए । सभापति महरले शुक्रबार डडेल्धुरामा नेपाल प्रेस युनियनको क्षेत्रीय भेलामा सम्बोधन गरेपछि उनी कैलाली कञ्चनपुर, धनगढी लगायतका स्थानमा हुने विभिन्न कार्यक्रममा सहभागी हुने छन् ।

शुक्रबार नै उनलाई गृह जिल्ला डडेल्धुरामा विशेष सम्मानको कार्यक्रम समेत राखिएको छ । महर नेविसंघको अध्यक्षमा निर्वाचित भएपछि पहिलोपटक गृह जिल्ला जांदै छन् ।
लामो समय पछि नेबिसंघको बिधिवत्् महाधिबेशन सम्पन्न भएपछि आएको नया नेतृत्वबाट शिक्षा क्षेत्रमा भएका समस्या समाधानमा हुने बिद्यार्थीहरुले महरबाट आश गरेका छन् । सुदुर पश्चिमको भ्रमण पुरा गरी महर कार्तिक १० गते राजधानी फर्कने कार्यक्रम छ ।