सरकारी कार्यालयमा कर्मचारीको उपस्थिती न्युन,बाराका ६४ कर्मचारी कारबाहीमा ।

0
560

बारा, ५ कात्तिक । जिल्ला प्रशासन कार्यालय बाराले जिल्लाका सरकारी कार्यलयमा कर्मचारकिो उपस्थितीका बिषयमा गुनासो आए पछि छड्को गरेको छ । बुधबार जिल्लास्थित कलैया अस्पताल, जनस्वास्थ्य कार्यालय, महागढीमाई नगरपालिका कार्यालयहरुको हाजिरी छड्के गर्दा ६४ जना कर्मचारी अनुपस्थित रहेको पाइएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुङ्गाना जानकारी दिनु भएको छ ।

प्रशासन कार्यालयका नासु शिवशङ्कर मुखियाको नेतृत्वमा रहेको टोलीले हाजिरी छड्के गर्दा कलैया अस्पतालका ३८ कर्मचारी, जनस्वास्थ्य कार्यालयका आठ र महागढीमाई नगरपालिकामा १८ जना कर्मचारी गरी ६४ जना कर्मचारी अनुपस्थित रहेका पाइएको थियो ।

कार्यालयमा अनुपस्थित रहेका कर्मचारीलाई कारबाहीका लागि सम्बन्धित निकायमा लेखी पठाउने प्रजिअ ढुङ्गानाले बताउनु भएको छ ।