बेलायती प्रधानमन्त्री टेरेसा मे ‘हार्ड ब्रेक्जिट’ को पक्षमा : अलान्द ।

0
449

बेल्जियम, ५ कात्तिक । फ्रान्सका राष्ट्रपति फ्रास्वाँ अलान्दले बेलायती प्रधानमन्त्री टेरेसा मे ‘हार्ड ब्रेक्जिट’ को पक्षमा देखिएको बताउनुभएको छ ।

युरोपियन युनियन ईयूका नेताहरुको सम्मेलनका लागि बेल्जियम पुग्नुभएका राष्ट्रपति अलान्दले बेलायतलाई ईयूबाट बाहिरिने प्रक्रियामा बेलायतको इच्छाबमोजिम हार्ड ब्रेक्जिटका लागि पनि छलफल गर्न तयार रहेको बताउनुभएको हो ।

“म यो कुरा प्रष्ट गर्न चाहन्छु कि बेलायती प्रधानमन्त्री मे हार्ड ब्रेक्जिटको पक्षमा हुनुहुन्छ भने ईयूले पनि सोहीअनुसार छलफल अगाडि बढाउने छ” अलान्दले भन्नुभयो ।