काठमाडौँ, ५ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ उद्योग वाणिज्य राज्य प्रशासनमन्त्री झाङ माओ बिच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा प्रधानमन्त्री दाहालले मन्त्री माओको नेपाल भ्रमणका अवसरमा दुई देशबीच बौद्धिक सम्पत्ति संरक्षण सम्बन्धी सहमतिमा हस्ताक्षर भएकोमा खुसी व्यक्त गर्नुभयो ।
नेपाल र चीनबीच सदियौंदेखिको सुमधुर सम्बन्धको स्मरण गर्दै उहाँले आगामी दिनमा पनि यो सम्वन्ध थप सुदृढ बनाउन भ्रमणको ठूलो भुमिका रहने बताउनु भएको थियो ।
उहाँका अनुसार चीनले अघि बढाएको ‘वान वेल्ट वान रोड’को प्रसंशा गर्दै त्यसमा नेपालले सहभागी भई लाभ लिन सक्ने विश्वास व्यक्त गर्नुभयो ।
सो अवसरमा मन्त्री झाङले नेपाल र चीन बीचका परियोजना राम्रोसँग अघि बढेको बताउँदै चिनीयाँ कम्पनीका लागि नेपालमा काम गर्ने राम्रो वातावरण भएकोमा खुशी व्यक्त गर्नुभयो ।